स्रोत नखुलेको ५० लाखभन्दा बढी रुपैयाँसहित दुई जना पक्राउ
स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित काठमाडौँको ठमेलबाट दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार पक्राउ पर्नेमा चितवनकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्।
उनीहरूको साथबाट नेपाली ५० लाख ५० हजार रुपैयाँ, चार हजार २१५ ओमानी रियाल र संयुक्त अरब इमिरेट्सका ५५ दिराम बरामद गरिएको प्रहरीले जनाएको छ।