प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको हवाई उद्धार
प्रसूति जटिलताका कारण जोखिममा परेकी डोल्पाकी २३ वर्षीया महिलाको हवाई उद्धार गरिएको छ। उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको छ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरिएको महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।