सुन तोलामा १ हजार ४०० र चाँदी ३५ रुपैयाँले बढ्यो
स्थानीय नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो।
नेपालमा आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ भने चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ र चाँदी ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।