सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
काठमाडौं । सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहान करिब १० बजे विद्युत् प्राधिकरण मधेस प्रदेशको ट्रक र मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइएकोमा चिकित्सकले बिहान १०ः२५ बजे मृत घोषणा गरेका थिए ।
मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनापछि ट्रक चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।