ग्यासको आयात र बिक्री पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले देशभर ग्यासको आपूर्ति सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।
निगमले बजारको मागअनुसार ग्यासको आयात बढाउन, भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी मौज्दात राख्न तथा भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन आग्रह गरेको छ ।