सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन गर्ने राष्ट्र बैंकको निर्णय
नेपाल राष्ट्र बैंकले छठ पर्वका अवसरमा सार्वजनिक बिदा परे पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ।
केन्द्रीय बैंकले सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको छ।
सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले उक्त व्यवस्था मिलाएको हो।
सार्वजनिक बिदाका दिन पनि वित्तीय कारोबार तथा भुक्तानी प्रणालीलाई सहज बनाउन आरटीजीएस सेवा सञ्चालन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।