भारत भ्रमणबारे जानकारी दिन प्रधानमन्त्री बालेन शाह राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवासमा
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शुक्रबार महाराजगञ्जस्थित शीतलनिवास पुगेका छन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति पौडेलसँग शीतलनिवासमै भेटवार्ता गरेको केही समयपछि प्रधानमन्त्री शाह त्यहाँ पुगेका हुन्।
प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउने उद्देश्यले भेटवार्ता गर्न लागेको बताइएको छ।
भारत भ्रमणमा जानुअघि प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट नगरेको विषयलाई लिएर विभिन्न टिप्पणी हुँदै आएको थियो।