सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढ्यो
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो । मूल्य बढेसँगै सुन प्रतितोला दुई लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार प्रतितोला तीन हजार २०० रुपैयाँ र आइतबार आठ हजार ३०० रुपैयाँले सुनको मूल्य घटेको थियो । दुई दिनमा सुन प्रतितोला ११ हजार ५०० रुपैयाँले सस्तिएको थियो । आइतबार सुन प्रतितोला दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला तीन हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ७० रुपैयाँले बढेर तीन हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।