विनोद चौधरीद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उद्योगपति विनोद चौधरीले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
चौधरीले राजधानीको राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्ता स्थलमा केही समयअघि पुगेर उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अहिले नेताहरूले धमाधम उम्मेदवारी दर्ता गराइरहेका छन्। निर्वाचन समितिले केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि मनोनयन दर्ताको समय दिउँसो १२ः३० बजेदेखि बेलुकी ४ बजेसम्म तोकेको छ।
१५औँ महाधिवेशनअन्तर्गत कांग्रेसमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता भइरहेको छ।