कांग्रेस सभापतिमा किशोरसिंह राठौरको उम्मेदवारी
नेपाली कांग्रेसको सभापति पदमा किशोरसिंह राठौरले उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले कांग्रेसलाई एकताबद्ध बनाउने एजेन्डासहित सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार नै मनोनयन दर्ता हुँदैछ। सभापतिका लागि गगन थापा स्वाभाविक उम्मेदवारका रूपमा अघि देखिएका छन् भने सोमबार श्यामकृष्ण खड्कीले पनि उम्मेदवारी घोषणा गरेका थिए।