कांग्रेस सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
कँडेलले मंगलबार राजधानीस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्ता स्थलमा पुगेर खुला समूहबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ। कँडेलले खुला समूहबाट सहमहामन्त्री पदमा प्रतिस्पर्धा गर्ने भएका हुन्।