बाढीपीडितलाई गायक सुशान्त केसीको १० लाख सहयोग
गायक सुशान्त केसीले बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेका छन् । उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार उक्त रकम जम्मा गरेका हुन् ।
प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको जानकारी दिँदै केसीले फेसबुकमा लेखेका छन्,‘हाम्रा आदरणीय दर्शकहरू लगायत यस यात्रामा हामीलाई साथ दिनुहुने सम्पूर्ण महानुभावहरूको तर्फबाट मैले सहयोग प्रदान गरेको छु ।’उनले सानो सहयोगको पनि ठुलो महत्त्व हुने भन्दै सकेको सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन्।