नेपाल लाइफद्वारा साढे २ करोड राहत सहयोग
भोटेकोशी बाढी प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग प्रदान गरेको छ ।
उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अर्थमन्त्रीलाई संयुक्त रूपमा हस्तान्तरण गरे ।
यस सहयोगले तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने विश्वास लिइएको कम्पनीले जनाएको छ । नेपाल लाइफले प्रभावित परिवारप्रति सहानुभूतिसहित मृतकहरूप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।