गगन थापाले कोशी र मधेसका जनप्रतिनिधिसँग गरे संवाद, सद्भाव कायम राख्न आग्रह
काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कोशी र मधेस प्रदेशका जनप्रतिनिधिसँग संवाद गरेका छन्।
थापाले जुम बैठकमार्फत तथा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, सांसद र कांग्रेस नेतृत्वमा रहेका विभिन्न व्यक्तिसँग भौतिक रूपमा छलफल गरेका हुन्।
संवादबारे जानकारी दिँदै इलामका सांसद मिसकल राईले सभापति थापाले सबैलाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको बताए।
उनका अनुसार थापाले हिंसात्मक गतिविधिमा संलग्न आफ्ना नजिकका व्यक्ति वा चिनजानका कोही भए सम्झाइ–बुझाइ गरी शान्ति कायम गर्ने भूमिकामा लाग्न आग्रह गरेका छन्।
थापाले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबै पक्षलाई संयमित हुन र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको बताइएको छ।