स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रशासन तर्फका सचिव डिल्लीराम शर्माको सरुवा भएको छ । सरकारले शर्माको सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।
हाल स्वास्थ्यमा दुई जना सचिव रहेका थिए । स्वास्थ्यमा प्राविधिकतर्फ डा. विकास देवकोटा सचिव छन् । २०८२ जेठ १३ गते शर्मा स्वास्थ्य मन्त्रालय हाजिरी भएका थिए । डिल्लीराम राष्ट्रपति कार्यालय, लोकसेवा आयोग हुँदै स्वास्थ्य मन्त्रालय पुगेका पुगेका थिए ।