मेची भन्सारको राजश्व १३ अर्ब नाघ्यो, लक्ष्यको करिब ७० प्रतिशत पूरा
मेची भन्सार कार्यालय ले चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म १३ अर्ब १४ करोडभन्दा बढी राजश्व संकलन गरेको छ, जुन वार्षिक लक्ष्यको ६९.८३ प्रतिशत हो।
कार्यालयका अनुसार चालु आवमा १८ अर्ब ८७ करोडभन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य रहेको छ। चैत महिनामा मात्रै १ अर्ब ६० करोडभन्दा बढी राजश्व उठेको छ, जुन मासिक लक्ष्यको करिब ९५ प्रतिशत हो।
साउनदेखि फागुनसम्म पनि मासिक रूपमा उल्लेख्य राजश्व संकलन भएको कार्यालयले जनाएको छ।