सुलभलाई गैरकानुनी थुनामा राखिएकाे भन्दै सर्वाेच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
व्यवसायी सुलभ अग्रवाललाई गैरकानुनी थुनामा राखिएकाे भन्दै सर्वाेच्चमा रिट दर्ता गरिएकाे छ।
अग्रवाललाई गैरकानुनी थुनामा राखेको भन्दै उनका बुवा शंकरलाल अग्रवालले शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेका छन्। उक्त रिटको पेसी आउँदो वैशाख १४ गतेका लागि तोकिएको छ।