सल्यानको छत्रेश्वरी-४ जयचौरमा रास्वपाको पहिलो वडा अधिवेशन, ठाकुर सुनारको नेतृत्वमा ११ सदस्यीय समिति गठन
सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सल्यानको छत्रेश्वरी गाउँपालिका*-४ जयचौरमा आफ्नो पहिलो ऐतिहासिक वडा अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। आज (बैशाख १२ गते) आयोजित सो अधिवेशनले ठाकुर सुनारको सभापतित्वमा ११ सदस्यीय नयाँ वडा कार्यसमिति चयन गरेको हो।
वडा सभापति ठाकुर सुनारको अध्यक्षतामा भएको उक्त अधिवेशनमा रास्वपा सल्यानका जिल्ला सभापति प्रकाश नेपाली प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा आरएटी (RAT) विभागका जिल्ला संयोजक लोकनाथ योगीको विशेष उपस्थिति रहेको थियो। अधिवेशनमा जिल्ला, पालिका र वडा तहका नेता तथा कार्यकर्ता गरी करिब ४० जनाको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
नयाँ कार्यसमितिको विवरण अनुसार उपसभापतिमा सम्झना विक, सचिवमा अर्जुन खत्री, सह-सचिवमा जनक वली र कोषाध्यक्षमा शोभाराम पुन चयन हुनुभएको छ। यस्तै, सदस्यहरूमा ठगी खत्री, लालसरी पुन, गोविन्द डाँगी, नेत्रलाल डाँगी, बलदेव पुन र हरी वली रहनुभएको छ। नयाँ कार्यसमितिलाई आजै सपथ समेत गराइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रकाश नेपालीले संगठन विस्तार र सुदृढीकरणमार्फत गाउँ-गाउँमा रास्वपाको उपस्थितिलाई थप मजबुत बनाउँदै लैजाने बताउनुभयो। उहाँले नयाँ राजनीतिक संस्कार र पारदर्शी नेतृत्वको माध्यमबाट मात्रै जनताको विश्वास जित्न सकिने उल्लेख गर्दै अबको राजनीति जनमुखी हुनुपर्नेमा जोड दिनुभयो।
पछिल्लो समय रास्वपाले सल्यान जिल्लाभर आफ्नो संगठन विस्तार अभियानलाई तीव्र पारेको छ। वडा तहमा संगठन निर्माणलाई प्राथमिकता दिँदै पार्टीले स्थानीय मुद्दाहरूमा जनपरिचालन गर्ने रणनीति लिएको देखिएको छ।