पाल्पामा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु
पाल्पामा एक जना पुरुषको डुबेर मृत्यु भएको छ । रामपुर नगरपालिका–३ कीर्तिपुरस्थित निस्दि खोलामा पौडी खेल्ने क्रममा सोही नगरपालिका–१ बैदा बस्ने ३९ वर्षीय खिम बहादुर खाण्डको मृत्यु भएको हो ।
केन्द्रीय समाचार कक्षका अनुसार, उनको शनिबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।