भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
नेपाली कांग्रेस संसदीय दलको नेताको जिम्मेवारी भीष्मराज आङ्देम्बेले पाएका छन् । पार्टी सभापति गगन थापाले आङ्देम्बेलाई दलको नेतामा निर्वाचित भएको प्रमाणपत्र दिए ।
उनलाई आज बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा दलको नेता चयन गरेको थियो । अन्य दलहरूले यसअघि नै दलको नेता चयन गरेपनि कांग्रेसले भने लामो समयसम्म दलको नेता बनाउन सकेको थिएन ।