सामुदायिक वनका अध्यक्ष सर्वजित मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर
डडेलधुराको आलिताल गाउँपालिका वडा नम्बर ३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैलाई विशेष अदालत काठमाडौँले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट र सदस्य डील्लीरत्न श्रेष्ठको इजलासले सामुदायिक वनको कोषमा रहेको १८ लाख १५ हजार रुपैयाँ हिनामिना प्रकरणमा दोषी ठहर गरेको हो।
अदालतले मडैलाई सामुदायिक वनको रकम हिनामिनामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न आदेश दिएको छ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समेतको मिलेमतोमा किर्ते गरी सामुदायिक वनको कोषमा रहेको रकम हिनामिना गरेको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेर मुद्दा दर्ता गरेको थियो।