सुनचाँदीको मूल्यमा गिरावट, तोलामा सुन ८०० रुपैयाँले घट्यो
काठमाडौँ — नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४ हजार ७५५ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।