भरुवा बन्दुकसहित एक जना पक्राउ
सुर्खेतको बराहताल गाउँपालिका—४, को तरङ्गाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५३ वर्षीया शेर बहादुर राना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट तरङ्गा र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार बन्दुकसहित नियन्त्रणमा लिएको हो। उनीमाथि हातहतियार खरखजना कसुरमा थप अनुसन्धान भइरहेको बुढ्थापाले बताए।