जेन-जीको विरोध प्रदर्शन: सुकुमबासीमाथि ‘डोजर आतंक’ रोक्न माग
सुकुमबासी बस्तीमा डोजर लाउने सरकारको तयारीको विरोध गर्दै जेन-जीहरूले प्रदर्शन गरेका छन् । जेन-जी मुभमेन्ट अलायन्सको आव्हानमा उनीहरू सुकुमबासी बस्ती पुगेका हुन् ।
सुकुमबासीलाई साथ दिन पुगेका युवाले बालेन सरकार निरंकुश बन्दै गरेको भन्दै डोजर आतंक बन्द गर, उठीबास स्वीकार्दैनौं, आवासको हक सुनिश्चित गर, अदालतको आदेश पालना गर जस्ता नारा लगाएका छन् ।
अलायन्सले प्रहरी र डोजर लाएर सुकुमबासीहरूलाई बलपूर्वक उठाउनु न्यायसंगत नभएको जनाएको छ ।
संविधानले सुनिश्चित गरेको आवास र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्दै दीर्घकालीन र न्यायोचित समाधान खोज्नुपर्ने, हुनेखाने र वास्तविक भूमिहीन छुट्याउन अधिकारसम्पन्न उच्चस्तरीय आयोग बनाइनुपर्ने माग उनीहरूको छ ।