गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ गरेका छन्।
मन्त्री खरेलले नयाँबसपार्कसहित काठमाडौँ उपत्यकाका १९ स्थानमा वाइफाइ जडान गरिएको जानकारी दिए। उनले निःशुल्क इन्टरनेट सेवा विस्तार गरी उपत्यकाबाहिर पनि पुर्याउने योजना रहेको बताए।
सरकारले सातै प्रदेशको राजधानी र दुर्गम क्षेत्रहरूमा इन्टरनेट सेवा पुर्याउने लक्ष्य लिएको छ। प्राधिकरणका अनुसार, नयाँबसपार्क, भक्तपुर अस्पताल, कीर्तिपुर अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत संवेदनशील र महत्वपूर्ण स्थलहरूमा सेवा सञ्चालन भइरहेको छ।
निःशुल्क वाइफाइको दिगोपनाका लागि नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले सहकार्य गर्ने छन्।
आज मन्त्री खरेल त्रिवि शिक्षण अस्पताल, पशुपति मन्दिर र त्रिभुवन विमानस्थलमा सेवा अनुगमनका लागि जाने कार्यक्रम रहेको छ।