जसपा नेपालको अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।
पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आउनुभएएका यादव बुधबार जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा यादवको मात्र उम्मेदवारी परेको थियो । अध्यक्ष बाहेकका पदमा नेताको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।
मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा जारी महाधिवेशनबाट २ सय १ जना सदस्यीय केन्द्रीय समितिका लागि बुधबार बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको हो ।