काठमाडौंमा धूम्रपान-मद्यपान र लागू औषध प्रयोगमा पूर्णरूपमा बन्देज गर्ने बालेनको घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र धूम्रपान-मद्यपान र लागू औषध प्रयोगमा पूर्णरुपमा बन्देज लगाउने भएको छ ।
महानगरका मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धूम्रपान, मद्यपान र लागू औषध प्रयोगमा पूर्ण बन्देज लगाउने घोषणा गर्नुभएको हो । जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने उहाँले बताउनुभएको छ ।
महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने पनि उहाँले बताउनुभयो । महानगरभित्रका स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचनाप्रविधिमा आधारित बनाइने उहाँको भनाइ छ ।
बहुआयामिक शहरी गरिबी निवारणका लागि लक्षित कार्यक्रम ल्याइने मेयर साहले बताउनुभयो ।