अमेरिकासँगको चिपयुद्धमा चीनको नयाँ चाल, विश्वमा कस्तो असर पर्ला ?
अहिलेको सूचना प्रविधिको युगमा प्रविधिको मुटु नै मानिएको कम्प्युटर चिप अर्थात् सेमिकन्डक्टरको लडाइँमा अमेरिका र चीनबीच तीव्र रुपमा संघर्ष चलिरहेको छ, जसलाई ‘चिप वार’ भन्ने गरिएको छ । अमेरिकासँग बढ्दो चिपयुद्धका बीच चीनले एउटा नयाँ निर्णय गरेको छ । जसअनुसार चीनले सेमिकन्डक्टर उद्योगका लागि निकै आवश्यक मानिने दुईवटा धातुको निर्यातमा रोक लगाउने तयारी सुरु गरेको छ ।
नयाँ नियम अनुसार अब चीनबाट ग्यालियम तथा जर्मेनियमको निर्यातका लागि विशेष लाइसेन्स लिनु आवश्यक हुनेछ । यी दुई रासायनिक तत्वहरुको प्रयोग चिप तथा सैन्य सामग्रीहरुमा पनि गर्ने गरिन्छ ।
अमेरिकाले उसको एडभान्स्ड माइक्रोप्रोसेसर प्रविधिमाथिको पहुँचलाई सीमित गरिदिएसँगै चीनले दुई अति महत्वपूर्ण रासायनिक पदार्थको निर्यातका सम्बन्धमा नयाँ नियम लागू गरेको हो ।