मध्यरात विचौलिया भित्र्याएर करका दर परिवर्तन गरिएको एमालेको आरोप
काठमाडौं । नेकपाएमालेले बजेट निर्माणका क्रममाविचौलियालाई भित्र्याएर मध्यरातमा करका दर परिवर्तन गरिएको आरोप लगाएको छ ।
एमाले प्रमुख सचेतकपदमगिरीले, मंगलबार प्रतिनीधि सभामा बजेट निर्माणको न्यूनतममान्यता समेत उलंघन गर्दै विचौलियाको चाहानाबमोजिम करका दर परिर्वतनगरिएको आरोप लगाएकाहुन् ।
‘बजेट भाषणको अघिल्लो दिनमध्य रातमाविचौलीयाहरु लगेर करको दर तलमाथिगर्ने कामभएको छ । जब बजेट बन्छ त्यसको निस्चित ठाउँमा बस्ने प्रवाधान हुन्छ। तर त्यहाँमन्त्रीको स्वकीय सचिवदेखि लिएर सबै खाले मान्छेहरु भित्रबाहिर भएको हुन्छ । सबैले भित्रबाट फोन गरिरहेका हुन्छन्् । त्यँहाकुनै सुचनाकुनै गोपनीयताकायम गरेको हुँदैन् ।’
विचौलियाको चाहानाबमोजिम बनेको बजेटको ब्रिफकेस रिवनले बाधेर संसदमा प्रस्तुतगरिनु दुर्भाग्यभएको उनको भनाई छ ।