सीमा विवादले कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक विस्तार अलपत्र
कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडक खण्डको पर्वत बेनी क्षेत्रमा सडक सीमा निर्धारण नहुँदा कालोपत्र तथा विस्तार योजना प्रभावित भएको छ।
जलजला गाउँपालिका–३ बेनी क्षेत्रमा ७६० मिटर सडक विस्तार स्थानीय बस्ती, पहिरो र मापदण्ड विवादका कारण ठेक्काबाट हटाइएपछि काम अघि बढ्न नसकेको हो। स्थानीयवासीले धुलो, हिलो, जाम र विकास निर्माण अवरुद्ध भएको गुनासो गरेका छन्।
योजना कार्यालयका अनुसार देशभरका करिब ८० राष्ट्रिय राजमार्गमा सीमा निर्धारण नहुँदा बस्ती क्षेत्रमा काम गर्न कठिनाइ भइरहेको छ। घरधनीको असहमति र सडक मापदण्डबारे विवादका कारण परियोजना प्रभावित भएको हो।
स्थानीयले बैंकिङ कारोबार, घर नक्सा पास र लगानीमा समेत समस्या आएको भन्दै तत्काल सीमा निर्धारण गरी क्षतिपूर्ति र मुआब्जासहित सडक विस्तार गर्न सरकारसँग माग गरेका छन्।