बजेटमा बिचौलियाको संलग्नताबारे संसदीय छानविन गर्न सांसद सुवालको माग
काठमाडौं । नेपालमजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बजेटमा बिचौलियाप्रवेश भएको भन्दै छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा उनले बजेटको बिचौलियामा को को संलग्न छन् भनेर छानबीनका लागि समिति गठन गर्न माग गरेका हुन् ।
उनले भने,‘बजेटमा बिचौलियाप्रवेश भएको छ । यो बिचौलियामा अर्थमन्त्रीलाई को कस्ले निर्देशनदिनुभयो ? पार्टीका कोको नेता संलग्न छन् ?प्रधानमन्त्रीको कति संलग्नता छ ? यो सबै विषय छानबीन हुनुपर्छ । त्यसको लागि संसदीय समिति गठन गर्नु पर्छ ।’
उनले ठूला भ्रष्टाचारीलाई मृत्युदण्डको कानुनबनाएमामात्रबजेटमा बिचौलियाप्रवेश रोकिने टिप्पणी गरे ।