नगरिकता विधेयकलाई सत्ता र प्रतिपक्ष दल दुवैले एउटै आँखाले हेर्न जरुरी छ : सांसद खतिवडा
काठमाडौं । काँग्रेस सांसद रामहरी खतिवडाले नागरिकताविधेयकलाई राजनीतिकदलले आफ्नो स्वार्थ अनुकुलभन्दा एउटै आँखाले हेर्न जरुरी भएको बताएका छन् ।
मंगलवार काठमाडौंमाआयोजित एक कार्यक्रममाउनले साना कुरामा देश अल्झिएको भन्दै इष्र्या भाव त्यागेर सबै देश निर्माणमा जुट्नुपर्ने तथानागरिकताविधेयकलाई सत्ता र प्रतिपक्षिदुबैले एउटै आँखाले हेर्नुपर्ने आवश्यकता रहेको बताए ।
तत्कालिन गठबन्धन सरकारले ल्याएको सोहि विधेयकलाई उदाहरण दिदै उनले भने, ‘आफूले ल्याउँदात्यहिविधेयक सबभन्दा राम्रो,अर्कोले ल्याउँदात्यहिविधेयक नराम्रो,त्यतिखेर काँग्रेसले विरोध ग¥यो अहिले एमालेले । यो परम्पराले मूलुकबन्ला? एउटै आँखाले हेर्ने प्रवृतिको विकास सबैले गरौं । हामी सत्तामा र प्रतिपक्षमाहुँदामूलुकलाई अप्ठ्यारो हुँदैन् ।’ उनले थपे ‘संसदमाअलिकति पर कुर्सीमा जाने वित्तिकै यता बस्नेले उताकालाई गाली गर्ने उता बस्नेले यताकालाई गाली गर्ने,रोस्टम घेर्न पुगिहाल्यो कहाँबाट मूलुक बन्छ ?’
त्यस्तै उनले अर्थ र संस्कृति पर्यटन तथानागरिक उड्डयनमन्त्रालयको जुहारीको कारण ओखलढुंगाको विकास बजेट कटौतिभएको भन्दै दुई मन्त्रालयको जुहारीमारुम्जाटार र खितिदेम्बाविमानस्थलनिर्माण कार्यको लागिविकास बजेट नपरेको प्रति सुदन किराँतीको ध्यानाकर्षण गराए ।
उनले भने, ‘रुकुमको एअरपोर्टको चर्चा चल्यो,रुम्जाटार र खितिदेम्बाको कुरा चलेन, यो कमजोरी अर्थमन्त्रीलाई भन्दा पर्यटन मन्त्रीले पठाएन भन्छ, पर्यटन मन्त्रीलाई भन्दा अर्थले दिएन भन्छ ।मन्त्रीको जुहारीले जिल्लाको विकास कुनै पनि रुपमाकमहुनुहुदैन् ।’
उनले विभिन्नबाहानामाजिल्लाको विकास निर्माण रोकिननहुने भन्दै पर्यटन मन्त्रीलाई बजेटको लागिआग्रह समेत गरे ।
अप्ठ्यारो आर्थिक अवस्थामापनिमन्त्रीकाजिल्लामाबलका भरमा रकमहाल्ने र अरुकाजिल्लामानिलपार्ने पद्धतिप्रति रुष्ट हुदै उनले सो पद्धतिलाई सदाकालागिअन्त्य गर्न पहल गर्ने दाबी गरे ।