भारतविरुद्धको श्रृंखला जित्ने नेपाली नेत्रहीन महिला क्रिकेट टोलीका खेलाडीहरु पुरस्कृत
काठमाडौं । नेपाल – भारत द्विद्देशीयटी–२० नेत्रहीनमहिलाक्रिकेट श्रृंखलाको उपाधिजित्ने नेपाली खेलाडीहरुलाई नगद पुरस्कारबाट सम्मानगरिएको छ ।
गत बैशाख १२ देखि १७गतेसम्म काठमाडौं र पोखरामाभएको ५ खेलको यस श्रृंखलामाभारत जस्तो बलियो देशलाई नेपालले ३–१ ले हराएर उपाधिमाथिकब्जाजमाएको थियो ।
नेपालको राष्ट्रिय दृष्टिविहीन महिलाक्रिकेट खेलाडीहरुलाई थपहौसलातथाप्रोत्साहनप्रदानगर्न नेत्रहीनक्रिकेट संघ नेपालले प्रतिव्यक्तिजनही १०हजार रुपैयाँनगदपुरस्कार प्रदान गरेको हो ।
संघले पहिलो पटक खेलाडीलाई नगद पुरस्कारले सम्मान गरेको हो ।
२०६३ सालमा स्थापनाभएको नेत्रहीनक्रिकेट संघ नेपाल दृष्टिविहीन व्यक्तिहरुको क्रिकेट खेल लगायतअपाङ्गता खेलकुदको विकास, विस्तार एवं प्रवद्र्धनमानिरन्तर कामगर्दै आएको छ । विश्वमा दृष्टिविहीन महिलाक्रिकेट टोलीको सर्वप्रथम सुरुवात नेपालबाट गर्ने श्रेय पनि नेपाल नेत्रहीनक्रिकेट संघलाई नै जान्छ । नेत्रहीनक्रिकेटको पुरुषतर्फको विश्वकप, एसियाकपलगायतविभिन्नअन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सफलतापूर्वक सहभागिताजनाएको छ भने महिलातर्फ हालसम्म नेपालशीर्ष स्थानमा रहन सफलभएको छ ।
नगद पुरस्कारबाट पुरस्कृत नेपालीमहिलाक्रिकेट टोलीका खेलाडीहरुमा कप्तानभगवती भट्टराई, उपकप्तानगीतापौडेलसहित खेलाडीहरुमा प्रतिभा राई, रिताथापा,मुनाअर्याल, मायालुङ्गगेली, सुस्मातामाङ्ग, मनकेशरी चौधरी रहेका छन् । यस्तै पुरस्कृत अन्य खेलाडीहरुमा कान्ति योगी,सरिता घिमिरे, वनिता मगर सोमाई, दिल्लीशरा धमला, विनितापुन, निशाचौधरी र विमला राई रहेका छन् ।