बजेटको ४० प्रतिशत रकम गोरखा, नुवाकोट र डडेल्धुरामा खन्याईयोः सांसद गैरे
काठमाडौं। नेकपाएमालेका सांसद ठाकुर गैरेले सरकारले देशकातीनजिल्लालाई मात्रै ४० प्रतिशत रकमविनियोजन गरेर अन्य क्षेत्रलाई विभेद गरेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाकोे बैठकको बजेट माथिको छलफलमा बोल्दै उनले सरकारले देशकागोरखा,नुवाकोट र डडेल्धुरालाई मात्रै बजेट छुट्याएको भन्दैसदनबाट शसक्तप्रतिवादगर्ने चेतावनीसमेत दिए ।
उनले भने,‘यो सरकारले सिङ्गो नेपालीजनता एउटै आँखाले हेर्न सकेको छैन् । यो सरकारलेगोरखा,नुवाकोट र डडेल्धुराकाजनतालाई मात्र नेपाली देख्छ र त्यहि आँखाबाट बजेटको रकमविनियोजन भईरहेको छ । अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउँन चाहन्छु स्वयम सत्तापक्षको सांसद र हामीहरु यो सदनको रोष्टममा तपाईले गर्दै गरेको विभेदको बारेमाबोल्न पर्ने अवस्था सृजनानगर्नुहोस् । देशकातीनओटा जिल्लामाकरिब ४० प्रतिशत बजेट तपाईले लैजाने अरु देशभरिका जनतालाई निरास बनाउँने कामगर्दै हुनुन्छ । यो सदनमामान्यहुने छैन् ।’
सांसद गैरेले अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा जनविश्वास पैदा गर्न नसकेको जिकिर पनि गरे ।