बालेन साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश
काठमाडौं महानगरपालिकाकाप्रमुखबालेन्द्र साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
मंगलबार सर्वोच्च अदालतकान्यायाधीशतिलप्रसाद श्रेष्ठको एकलइजलासले प्रमुख साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेर लिखितजवाफमाग्नआदेश गरेको हो ।
बालेनले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमारिट दायर गरेकीथिइन् ।
उक्त रिटमाथि मंगलबार न्यायाधीशश्रेष्ठको इजलासमा सुनुवाइभएसंगै लिखितजवाफमागिएको छ ।
यसअघि काठमाडौं महानगरपालिकामाहिन्दीफिल्मआदिपुरुषको प्रदर्शनमामेयर साहले लगाएको प्रतिबन्धविरुद्ध हल सञ्चालकहरूले दिएको निवेदनमा सुनुवाइगर्दै उच्चअदालत पाटनले महानगरको निणर्य कार्यान्वयनमा रोक लगाएको थियो ।
तर,अदालतले रोकेपछि बालेनले आक्रोशितहुँदै राष्ट्रिय स्वाधिनताकालागिअदालतलाई पनिनमान्ने र फिल्मचल्ननदिने भन्दै सामाजिक सञ्जालमा घोषणा गरे । बालेनको उक्तआक्रोषपूणर् अभिव्यक्ति पछि अदालको अवहेलनाभएको भन्दै उनीमाथिरिट परेको थियो ।