तराईमा लू चल्ने हुँदा सतर्कता अपनाउन अनुरोध
काठमाडौं । तराईका भूभागमा लू चल्ने भएको हुँदा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तापक्रम अझै केही दिन नघट्ने भएको हुँदा लूबाट जोगिन महाशाखाले अनुरोध गरेको हो ।
बिशेष गरी मध्य तथा पूर्वी तराईका भूभागमा लू चल्ने महाशाखाको भनाई छ । त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको छ । उक्त स्थानमा हल्का वर्ष समेत हुनेछ । कोशी तथा मधेश प्रदेशस्थित तराईका एक–दुई स्थानमा हावा–हुरी चल्ने सम्भावना रहेको छ । पहाडी भूभागको मौसम भने सामान्यता सफा रहनेछ ।
त्यस्तै, मंगलवार राती मुलुकका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना छ । उक्त स्थानमा हल्का वर्ष हुने समेत हुन सक्ने महाशाखाको भनाई छ ।