जनताद्वारा उत्पादित वस्तुको करमा कटौती आवश्यक : सांसद कार्की
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमाकार्कीले जनताद्धारा उत्पादित वस्तुको करमाकटौतीगर्न आवश्यक रहेको बताएकी छिन् ।
सोमवार काठमाडौंमाविश्ववातावरण दिवसको अवसरमाआयोजितकार्यक्रममाउनले जनतालाई वैकल्पिकउत्पादनतर्फ लाग्नको लागिकरमाकटौतीगर्न आवश्यक रहेको बताएकीहुन् ।
उनले भनिन्,‘जुसलगायतका घरेलुउत्पादनहरुजनताले उत्पादनगर्न सकुन र वैकल्पिकउत्पादनतर्फ लाग्नलाई प्रोत्साहनगर्न करमापनिउत्प्रेरणापूर्ण कटौतीगर्न सक्छौं, यो नीतिगत तहबाट आएको हो । यसमानिश्चित रूपमाकामहुनेछ ।’
उनले समुदायलाई प्लाष्टिक उत्पादनको प्रयोगबारे सचेत गराउनु पर्ने बताईन् । बहुउपयोगी प्लास्टिक उत्पादनलाई प्रोत्साहन गरी एकलप्रयोग हुने प्लाष्टिकलाई निरुत्साहितगर्नुपर्ने उनको भनाइ छ ।