सञ्चार क्षेत्रको बजेट कटौतीमा सरकारले सोच्नुपर्छ : सभापति पोखरेल
काठमाडौं । नेपाल पत्रकार महासंघका सभापति विपुल पोखरेलले सञ्चार क्षेत्रको बजेट कटौतीमा सरकारले ध्यान दिनु पर्ने बताएका छन् ।
आईतबार पत्रकारिता दिवसको अवसरमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सभापति पोखरेलले सञ्चार क्षेत्रको बजेट कटौती गर्ने कुरामा सरकारले सोचेर मात्र निर्णय लिनु पर्ने बताए ।
उनले भने ‘अहिले बजेट निर्माण गर्दै गर्दा विभिन्न क्षेत्रमा बजेट कटौती गर्ने क्रममा सञ्चार क्षेत्रको पनि बजेट कटौती गर्ने भन्ने आएको छ, त्यसलाई त्यसरी नहेरियोस । सञ्चार क्षेत्रले मुलुकको आर्थिक संकटको समस्यालाई पार लगाउने काम गर्न सक्छ ।’
सभापति पोखरेलले सञ्चार माध्यम नीतिगत रुपले चल्न र काम गर्न सक्ने वातावरण निर्माण हुन आवश्यक भएको पनि बताए ।