तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने सहमति
काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा तीनदिनभित्रविषयगत समितिको बैठक प्रारम्भ गर्ने सहमतिभएको छ ।
आइतबार बसेको बैठकमा जेठ ४ गते प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डसँग प्रतिनिधि सभामाहुने प्रश्नोत्तर कार्यक्रमप्रभावकारी बनाउने सहमतिभएको हो ।
बैठकमा संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यकानिर्देशक) गठन गर्ने, नीतितथाकार्यक्रम संयुक्त सभामा पेश गर्ने तयारी तथापोशाक र प्रतीकचिन्हको प्रयोग सम्बन्धमापनिगरेको छ ।
कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा सांसदहरुले बजेट निर्माण गर्दा मन्त्रीहरुले आफुहरुसँग छलफल नगरेको भन्दै गुनासो गरेका थिए ।
बैठकमा सभामुख देवराज घिमिरले सदनमा उठेका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यानदिनुपर्ने बताए ।
उनले बजेट निर्माण गर्दा सांसदहरुसँग छलफल नभएको गुनासोको सम्बोधनहुन जरुरी रहेको बताए ।
उनले भने, ‘ सांसदहरुलेआकस्मिक, शून्य र विशेष समयमा उठाएका विषय र सभामुखले दिएको रुलिङबारे सरकार जवाफदेही हुनुपर्छ । मन्त्रीहरुको सदनमाहुने गरेको उपस्थितिप्रति समीक्षागर्नुपर्छ । बजेट निर्माण गर्दा सांसदहरुसँग छलफल नभएको गुनासोको सम्बोधनहुन जरुरी छ ।’