नेपालमा भएको डिजिटल डिभाइड हटाउन आवश्यक :मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको डिजिटलडिभाइड मुख्य चुनौतीको रुपमा रहेको बताएकी छिन् ।
बुधवार टेलिकम्युनिकेसन एण्ड इन्फरमेसन सोसाइटी डे (डब्लूटीआईएसडी) को अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा उनलेसञ्चारको क्षेत्रमा सबैको समान पहुँच बनाउनु पर्ने बताइन । मन्त्री शर्माले नेपालमा भएको डिजिटल डिभाइडदेशको विकट ठाउँहरूमा बस्ने जनताहरूको पहुँचमा नै पुग्न नसकेको भन्दै यसलाई हटाउन आवश्यक भएको बताइन् ।
उनले भनिन् ‘हामीले पहुँच हुने र पहुँच नहुने बीचको खाडल कसरी पुर्ने विषयमा मिलेर काम गर्नु जरुरी छ।विश्व बजारमा प्रविधि विकासको प्रतिष्पर्धा उभिनका लागि तयार हुँदै गर्दा अर्कातिर भने यही देशको दुरदराजमा रहेका जनताहरूले राम्रो दूरसञ्चारको सेवा पाइरहेका छैनन् । एकातिर सञ्चारको पहुँच पु¥याउने चुनौती छ भने अर्कातिर विश्वबजारको प्रतिष्पर्धामा पनि उभिनुपर्ने भएका कारण देशमा विद्यमान डिजिटल डिभाइडलाई कम गर्ने कुरामा ध्यान दिनुपर्ने छ।’
“हाम्रो कमजोरी कहाँनिर हो हामीले समीक्षा गर्नु जरुरी छ । प्राविधिक, नीतिगत लगायत अन्य कमिकमजोरी हेर्नुपर्ने छ,“ उनले भनिन् ।
मन्त्री शर्माले सेवा विस्तार र प्रविधि विकासको कामलाई सँगसँगै लैजान सेवाप्रदायक, प्राधिकरण र मन्त्रालयले मिलेर काम गर्नुपर्ने कुरामा जोड दिइन् ।
उनलेदिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहेको अवस्थामा राजस्व भने घट्दै जाने समस्या के हो भनेर प्रश्न समेत गरिन ।