नदीमा मिसाइने ढलका कारण जनावरहरु विरामी परे ः डा.घनश्याम गुरुङ
काठमाडौं । विश्ववन्यजन्तु कोषडब्लूडब्लूएफ नेपालका कन्ट्री डाइरेक्टर डा.घनश्याम गुरुङ्ले नदीमामिसाइने ढलको कारण जनावरहरु विरामीहुने गरेको बताएका छन् ।
बिहीबार बालुवाटारस्थितडब्लूडब्लूएफको कार्यालयमाआयोजितपत्रकार सम्मेलनमागुरुङले नदीहरु धेरै प्रदूषितहुदैँ गएको भन्दै यसलाई संरक्षण गर्न नसके मानवअस्तित्व नै खतरामा पर्ने उल्लेख गरे।
उनले जति नै प्रविधिको विकास भएपनिपानीउत्पादनगर्ननसक्ने भन्दैहामीले यसको संरक्षणमा कामगर्नुपर्ने बताए ।
गुरुङले भने ‘ हाम्रो नदीमा ढल हालेको छ त्यसबाट जनावरहरु विरामी, पर्यटन क्षेत्र नाशहुदैँ जान्छ वागमति र विष्णुमति लगायत, चितवनको राप्ती जस्तो ठाँउमा पनिढल हालेपछि के हुन्छ । यसमाहामीलाग्दै छौ यसमा सबै जनाको साथ चाहिन्छ अब नदीको प्रदूषणमा हामीलागेनौ भने हाम्रो जीवनमा नै प्रभाव पर्छ । किनभने प्रविधिजतिनै अगाडि बढेपनि त्यसबाट पानीबनाउन सकिदैन् । पहिला डाइनोसरहरुले जुनपानीखाने गरेको थियो हामीले अहिले पनित्यहीपानीखाने गरेका छौ । पानीकहिले पनि परिवर्तन हुदँैन्, यसलाई संरक्षण गर्नुपर्छ । ’
उनले वनजङ्गलको संरक्षण र जनावरहरुको सुरक्षाको लागिसधैँ कामगरिरहेको र त्यसमानेपाल सरकार र आमजनताको साथको अपेक्षा गरेको भन्दै यसबाट पर्यटक क्षेत्र विकासमापनि ठूलो मद्दत पुग्ने बताए ।
अहिले घरहरु बनाउनसिमेन्टको प्रयोग, खानाबनाउनग्याँसको प्रयोग र मानिसमाआएको चेतनाका कारण रुखहरु काट्ने र वनफाड्ने काम घटेको भन्दै यसलाई निरन्तरतादिनु आवश्यकभएको पनि गुरुङले बताए ।