न्यायपूर्ण नभएपनि सर्वोच्च अदालतको फैसला स्वीकार गर्छु : रेशम चौधरी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका आरोपी रेशम चौधरीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै चौधरीले सर्वोच्चको फैसला स्वीकार गर्नुको विकल्प नरहेको प्रष्ट पारेका छन् ।
मंगलबार सर्वोच्च अदालतले टीकापुर घटनामा उनमाथिको जन्मकैदको सजाय सदर गर्ने निर्णय गरेको थियो ।
जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायोचित नभएपनि स्वीकार्नुको विकल्प नभएको उल्लेख गर्दै चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न । ’
यो निर्णयकै कारण न्यायालयप्रतिको भरोसा नटुट्ने उल्लेख गर्दै सबैले सर्वोच्चको निर्णयको सम्मान गरिदिन पनि आग्रह गरेका छन् । उनले आफु डिल्लीबजार कारागारमा रहदा पनि रत्तिभर विचलित नभएको उल्लेख गर्दै आफु स्वस्थ्य पनि भएको बताएका ।