राप्रपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्रः भ्रष्टाचारीलाई नछाड्न चेतावनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचारजन्यक्रियाकलापमा संलग्न सबै माथि छानविन गरि कारवाहीगर्नमागगर्दैप्रधानमन्त्रीपुष्पकमलदाहाललाई ज्ञापनपत्र बुझाएको छ ।
राप्रपाले शुक्रबारसिंहदरबारस्थितप्रधानमन्त्रीकार्यालयमाप्रधानमन्त्रीदाहाललाई ज्ञापनपत्र बुझाउँदै नेपालीनागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन संगठितरुपमा राज्यशक्तिको दुरुपयोग गरेको घटनाले नेपालीलाई अन्तर्राष्ट्रिय जगतमाशीर निहुर्याउनु पर्ने परिस्थिति सृजना गरेको बताएको छ ।
राप्रपाअध्यक्ष राजेन्द्र लिङदेनले शरणार्थी प्रकरणमा राष्ट्रघाती र देशद्रोहीकाम गरेर आफ्नानागरिकलाई नै बेच्ने कार्यमा सरिक जुनसुकै तहका नेतृत्वलाई कुनै वहानामापनि छुट दिननहुने बताए ।
उनले भने ‘ वहालवाला सचिव र तत्कालीन गृहमन्त्रीको गिरफ्तारीले केहीआशाजगाएको भएपनिविगतका ठूलठूला भ्रष्टाचार काण्डहरू समयक्रमसंगै सेलाएर जानुका साथै ठूलाहरू खासगरी राजनैतिक नेतृत्वले घुमीफिरी उन्मुक्तिपाउने नजिरका कारण पूर्णरूपमाआश्वस्तहुनसक्ने अवस्थासिर्जना भईसकेको छैन । ’
राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनैपनिबहानामालम्ब्याएर अलपत्रपार्ने कोशिशको विरुद्ध रहने पनिप्रधानमन्त्रीदाहाललाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।
अहिलेको छानविन कार्यलाई निरन्तरतादिँदै नेपालप्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहितवातावरणमा कामगर्न दिन र यस प्रकरणमा संलग्नजोसुकैलाई कारवाहीको दायरामाल्याउनपनि राप्रपाको माग छ ।
राप्रपाकाप्रवक्ताएवं सांसद ज्ञानेन्द्र शाहीले छानविनमा निर्दोष कोहीनपरुन र दोषी कोही नछुट्न भन्ने कानुनको सम्मानगर्दै यस प्रकरणमा दोषीलाई उम्काउनखोज्ने कुनै पनि योजनावाचलखेल विरुद्ध दृढतापूर्वक सदन र सडकबाट आन्दोलन गर्न राप्रपापछि नहट्ने बताए ।
उनले भने ‘ यस प्रकरणलाई उच्चप्राथमिकतामा राखीनिष्पक्ष छानविन गरी दोषीउपर सजायगर्न माग गरेका छौं,विगतका ठूलठूला भ्रष्टाचार काण्डका फाइलहरू खोल्न र २०४६ पछिका सबै उच्चपदस्थ नेताकर्मचारीको सम्पति छानविन गरी अवैध सम्पतिजफत गरेर भविष्यमा कसैले पनि भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने वातावरण निर्माण गर्न पनिमागगर्दैप्रधानमन्त्रीदाहाललाई ज्ञापनपत्र बुझाएका छौं । ’