प्रधानन्यायधिशमा सिफारिस कार्की विरुद्ध उजुरी आह्वान
काठमाडौं ।प्रधानन्यायधिशमासिफारिस भएकाकायममुकायमप्रधानन्यायधिश हरिकृष्ण कार्की विरुद्ध संसदीय सुनुवाई बिशेष समितिले उजुरी आह्वान गरेको छ । कार्कीगत २७ बैशाखमाप्रधानन्यायधिशमासिफारिस भएकाथिए ।
कानुनअनुसार संवैधानिकपदमानियुक्तभएकाहरुको संसदीय सुनुवाई गरिनुपर्छ । सोहीप्रयोजनकालागि समितिले कार्की विरुद्धउजुरी आह्वान गरेको हो । सिंहदरवारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले कार्की विरुद्ध अबको १० दिनभित्रउजुरी दिनभनेको छ ।
उजुरीकालागिआह्वानगर्दै समितिका जेष्ठ सदस्यपशुपतिशम्शेर जबराले संसदीयसुनुवाई समितिको २०७५ को दफा १२ बमोजिमउजुरी आह्वान गरेका हुन् । कार्की विरुद्ध उजुरी लिखित रुपमापत्रमार्फत वा समितिले सार्वजनिक गरेको इमेलमार्फत पठाउन सकिनेछ । उजुरी आह्वानगर्नका लागि सरकारी सञ्चार माध्यामलाई सुचनादिन समितिले सचिवालयलाई निर्देशनदिइसकेको छ ।
कार्की विरुद्ध सुनुवाई गर्न परिषद्ले २७ बैशाखमै पत्र पठाएको थियो । सोहीआधारमाकार्कीको व्यत्तिगतविवरण समितिका सबै सदस्यलाई समितिले पठाएको छ । कार्की १५ महिनादेखि सर्बोच्च अदालतमाकामु प्रधानन्यायधिशका रुपमाकार्यरत छन् ।