उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले उद्योगीलाई भने : आत्तिनु पर्दैन, अर्थतन्त्र ‘ट्रयाक’मा आउँछ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीलाई नआत्तिन आग्रह गरेका छन् । आर्थिक संकट सुधारोन्मुख भएको बताउँदै उनले उद्योगी व्यवसायीलाई नआत्तिन आग्रह गरेका हुन् ।
काठमाडौंमा हिमालय सीमापार व्यापार संघले आइतवार गरेको कार्यक्रममा अध्यक्ष ढकालले मुलुकमा देखिएको आर्थिक संकटमा केही समयपछि विस्तारै सुधार आउने र व्यापार व्यवसाय राम्रो हुने दाबी गरे ।
उने भने,‘एक डेड वर्षमा अहिलेको अवस्थामा विस्तारै सुधार हुँदै जान्छ । व्यवसायीले निरास बन्नुपर्ने अवस्था छैन । आत्तिनु पर्दैन ।’
घरायसी समस्याका कारणले भएका आत्महत्या हत्यालाई अर्थ र व्यापारसँग जोडेर विश्लेषण गर्नु ठिक नभएको उनको भनाई छ ।
उनले भने,‘विभिन्न घरायसी र अन्य कारणले कतिपय मान्छेले आत्महत्या गरेका छन् । त्यसलाई अर्थ र व्यापारसँग जोडेर हेर्ने गरिएको छ । सबै बिषयलाई आर्थिक पक्षसँग जोडेर हरिनु ठिक होइन । यस्ता घटनामा यर्थाथ पक्ष हेरिनुपर्छ ।’