सुशासन कायम गर्न कर्मचारी संगठन खारेज हुनुपर्छ : राष्ट्रियसभा सदस्य देव
काठमाडौं । राष्ट्रिय सभाका सदस्य जितेन्द्रनारायण देवले देशमा सुशासन कायम गर्न निजामती कर्मचारी संगठन विघटन गर्नुपर्ने बताएका छन् ।
बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले मुलुकको आर्थिक परिसूचक नकारात्मक अवस्थामा पुग्नमा राजनीतिक कारण पनि प्रमुख रहेको बताए ।
‘पार्टीहरूले भागबन्डा गरेर अख्तियारको संरचना बनायो भने त्यो अख्तियारले केही गर्न सक्दैन । कम्पिटेन्सी बेस्ड र मेरिटोक्रेसीको आधारमा यस्ता संस्थाहरूको संरचना निर्धारण गर्नुपर्छ।’
भ्रष्टाचारको अन्त्य गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दलहरूको भागबन्डा पनि अन्त्य हुनुपर्ने उनको भनाई थियो ।