मिटर ब्याज पीडितलाई निवेदन दिन १५ दिनको म्याद
काठमाडौँ । अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धि छानबिन आयोगले पीडितबाट उजुरी आह्वान गरेको छ । निवेदन वैशाख १७ गते देखि ३१ गतेसम्म १५ दिन भित्र दिनुपर्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार कार्यालय स्थापना भएसँगै मिटर ब्याजीलाई कारवाहीको दायरामा ल्याउन पीडितहरुको निवेदन आह्वान गरिएको हो ।
सरकारले मिटर ब्याज पीडितको माग सम्बोधन गर्नका लागि गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याज पीडित सहायता कक्ष स्थापना गरिने र सोही कक्षमा निवेदन फाराम निशुल्क उपलब्ध हुनेछ ।