बैतडीमा जीप दुर्घटना, ६ यात्रुको मृत्यू
काठमाडौं । बैतडीको पाटन नपा–८ स्थित झाउलेक सडकमा जीप दुर्घटना हुँद ६ यात्रुको मृत्यू भएको छ ।
मृत्यू हुने बझाङको केदारस्युँ गापा–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामी रहेका छन् । मृत्यू हुने सबै एकै परिवारका हुन् । जीपमा सवार ५ यात्रु भने हामफालेर ज्यान जोगाएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बैतडीको खोड्पेबाट बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजे दुर्घटना भएको हो । जीपमा १२ यात्रु सवार थिए । चालक भने फरार रहेका छन् ।
जिप्रका बैतडीका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले जीप सवार ६ यात्रुको घटनास्थलमै मृत्यू भएको बताए । उनले भने,‘मंगलवार राती जीप दुर्घटना भयो । ६ यात्रुको घटनास्थलमै मृत्यू भयो । पाँच जना भने हामफालेर जोगिए । घटनाको अनुसन्धान भइरहेको छ ।’