गोकर्णेश्वर नगरपालिकाद्वारा सञ्चालन गरिएको फोटो- भिडीयोग्राफी तालिम सम्पन्न
गोकर्णेश्वर नगरपालिकाद्वारा सञ्चालन गरिएको उद्यमशीलता तालिम अन्तर्रगत एक महिने फोटोग्राफी भिडीयोग्राफी तालिम आज सोमबार सम्पन्न गरेको छ । गोकर्णेश्वर नगरपालीका भित्रका बेरोजगारी समस्याको सनाधान गर्न तथा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमको समापन कार्यक्रम बबिता लामा राजभण्डारीको संयोजतामा भएको हो ।

गोकर्णेश्वर नगरपालिकाको सभाहलमा आयोजना गरिइको उक्त कार्यक्रमको प्रमुख अथितीमा गोकर्णेश्वर नगरपालीकाका मेयर दिपक रिसाल रहेका थिए । त्यसैगरी बिशेष अथितीमा गोकर्णेश्वर नगरपालीकाकी उपमेयर शाङ्नानी लामा र प्रशाशकीय अधिकृत वैकुण्ठ प्रसाद सापकोटा रहेका थिए ।
युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको मेयर रिसालले बताए । कार्यक्रमको अन्त्यमा प्रसिक्षार्थी तथा प्रसिक्षकलाई बिशेष अथिती रिसालले प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रमको सञ्चालन निराजन श्रेष्ठले गरेका थिए ।