दशौँ राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलका प्रतिस्पर्धा मंगलबारदेखि नै सुरु भएका छन् ।
आज महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका खेल सञ्चालन हुनेछन् ।